Search for products..

  1. Home
  2. Blog
  3. पोखरामा चामल, ग्याँस २० मिनेट भित्र होम डेलीभरी गर्ने स्टार्टअप कम्पनी ।।

पोखरामा चामल, ग्याँस २० मिनेट भित्र होम डेलीभरी गर्ने स्टार्टअप कम्पनी ।।

13 Dec 2023

हाल बजारमा चामलको मुल्य ठ्याक्कै कति होला ?  बजारमा पसल अनुसार मुल्य फरक फरक हुन्छ । अझ एउटै पसलमा पनि मान्छे अनुसार मुल्य फरक फरक हुन्छ । यस्तोमा चामलको मुल्य यति नै हो भन्न सकिन्न । जति भने पनि किन्नु पर्ने अवस्था छ । फेरी डेलीभरी पनि त चाहियो । ग्याँसको डेलीभरीमा त अझ समस्या छ । चार/पाँच पटक फोन गर्दा बल्ल तल्ल ल्याई पुर्‍याउछ । सकिने बितिकै र भन्ने बित्तिकै आउदैन भनेर नै हरेकले प्राय 3, 4 वटा थप ग्याँसको सिलिण्डर एक्ट्रा राखेको हुन्छ । सबै कुराको सहज अनलाइन र होम डेलीभरी हुदै गईरहेको अवस्थामा दैनिक खपत हुने चीजमा किन नभएको होला भन्ने खुलदुली र आफैले भोगेको समस्या समाधान गर्न करिब एक वर्ष अघि जन्म भएको हो (कल टु राइस प्रा.लि.) Call 2 Rice ।

Call 2 Rice ले हाल पोखरामा चामल र ग्याँस 20 मिनेट भित्र होम डेलीभरी गर्दै आफ्नो सेवा प्रदान गर्दै आई रहेको छ । डेलीभरी सेवालाई एकदमै छिटो बनाउन पोखरामा दश स्थानमा स्टोर राखेको छ । सेवालाई अझ द्रुत बनाउन आवश्यक स्थानहरुमा थप स्टोर विस्तार गर्ने क्रम जारी छ । गुणस्तरिया सेवा दिन सक्ने, टिममा आवद्ध भई काम गर्न ईच्छुक व्यक्तिहरुलाई स्टोरमा आवद्ध गराई स्टोरहरुको जिम्मा दिइएको छ । हरेक एरियाको लागी स्टोर भएकोले नजिकको स्टोरमा गएर चामल, ग्याँस लिन सकिन्छ । फोन कल र मेसेज बाट पनि अडर गर्न सकिन्छ । अनलाइन मार्फत गर्न चाहेमा मोबाइल एप्स वा वेभसाईटमा गई मुल्य र चामल हेरी सजिलै अडर गर्न सकिन्छ । कुनै समस्या आएमा सगै रहेको WhatsApp  मा क्लिक गरी तुरुन्तै मद्धत लिन सकिन्छ । क्यास अन डेलीभरी / सामान आए पश्चात पैसा तिर्ने भएकोले धेरैले विश्वास गर्ने वातावरण बनेको छ । सबै किसिमको र सबै ब्राण्ड चामलहरु उपलब्ध छ । बजारमा भन्दा सस्तो हुनुको साथै चामल अडर गर्दा फ्रि होम डेलीभरी पनि रहेको छ । कुनै समस्या भएमा Quik Response Service (QRS)  सेवा भएकोले तुरुन्तै समाधान पाउन सकिन्छ । सुपथ मुल्य, अनलाइन अफलाइन दुवै सुविधा भएको, नजिकै लोकल स्टोर भएको, द्रुत डेलीभरी, Quik Response Service जस्ता कारणहरुले दिनदिनै अडरको संख्या बढ्दै गईरहेको छ । हाल दैनिक सय भन्दा बढी अडरहरु डेलीभरी गर्दै आईरहेको छ । तर धेरै ग्राहकहरुको अनुभवमा पहिलो पटक विश्वास नलागेको, होलसेल मात्रै होला एक बोरा डेलीभरी हुदैन होला भनेर अडर नगरेको भन्नु हुन्छ तर एक पटक अडर पश्चात विश्वास लागेको र सजिलो भएकोले नियमित अडर गर्न थालेको अनुभावहरु साट्नुहुन्छ । कम्पनीले थप विभिन्न उपहार कार्याक्रम, अफर तथा स्किमहरु पनि ल्याउने तयारी गरेको छ । 

 

अनलाइन अडरको लागीः www.call2rice.com

मोबाइल एप्स डाउनलोड गर्नः https://bit.ly/call2rice

Help Line: 9765944401

पोखरामा रहेको स्टोरहरुः

पोखरा वडा नं  1,2,3,4,5,6,7,8,9,13,16,19 को लागी सम्पर्कः 97-659-444-08

पोखरा वडा नं  11 फुलबारीः 97-659-444-11

पोखरा वडा नं  12 माटेपानीः 97-659-444-12

पोखरा वडा नं  14 बि.पी मार्गः 97-659-444-14

पोखरा वडा नं 14 छिन्नेडाडाः 97-659-444-02

पोखरा वडा नं. 10, 15 : 97-659-444-15

पोखरा  सिताराम पलटिङ्ग + घारीपाटन एरियाः 97-659-444-23

पोखरा वडा नं. 17 बिरौटाः 97-659-444-17

पोखरा हिमाली टोल + ड्यामसाइड एरियाः 97-659-444-24

पोखरा वडा नं  26, 27 तालचोकः 97-659-444-21

Home

Cart

Account